Logo
Logo

थापाथलीको ट्राफिक बिट भत्काउन पुग्यो महानगरको डोजर, प्रहरी तैनाथी बढाइयो


3.8k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा रहेको ट्राफिक प्रहरी प्रभाग भत्काउने तयारी गरेको छ ।

सम्पदा क्षेत्र खुल्ला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ निर्माण गरिएको अवैध संरचना हटाइरहेको महानगरले ट्राफिक प्रहरी बिट थापाथलीका संरचना पनि भत्काउने तयारी गरेको हो ।

महानगरले डोजरको सहायताले ट्राफिक प्रहरी कार्यालयको संरचना भत्काउने तयारी गरेपछि त्यहाँ अहिले ठूलो संख्यामा प्रहरी तैनाथ भएका छन् । महानगले गएको शुक्रबार पनि बागमती किनारमा रहेको राम मन्दिर परिसरमा बनेका अवैध भौतिक संरचना हटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्