
काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको बैठक सरेको छ । सोमबारका लागि बोलाइएको बैठक अब कात्तिक १८ गते बस्ने तय भएको हो ।
आज बसेको सचिवालय बैठकले महाधिवेशन आयोजक समितिको बैठक सार्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।










