Logo
Logo

बाह्रबिसे नगरपालिकामा अख्तियारको छापा


315
Shares

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको टोलीले छापा मारेको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

आइतबार अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिएको छ । अनियमितता भएको भन्ने  उजुरी आएपछि अख्तियारले आइतबार छापा मारेको हो ।

भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले ५ करोड लिएको आरोप छ । धम्क्याएर अस्पतालका भनेर रकम लगेको तर उक्त रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो ।

अख्तियारले छापा मार्दा २० लाखको हिसाब किताब भेटिएन नभेटिएको हो ।  ‘प्रारम्भिक अनुसन्धानका क्रममा २० लाखको हरहिसाब देखिन्छ । बाँकी रकम कहाँ गयो, केही पनि उल्लेख नभएको अख्तियारले  जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्