Logo
Logo

पहिरो हटाएपछि पृथ्वी राजमार्ग दुईतर्फी खुल्याे


315
Shares

काठमाडौं । पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे सुख्खा पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको थियो ।

सडकमा खसेको पहिरो राति नै पन्छ्याएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको चितवन प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्