Logo
Logo

कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छलफलमा


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छलफलमा जुटेका छन् । नयाँ वानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छलफलमा जुटेका हुन् । केन्द्रीय सदस्य शङ्कर भण्डारीका अनुसार भेलामा पार्टीको कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरू छन् ।

भेलामा पूर्वमन्त्रीसमेत रहेका वीरबहादुर बलायर, सीता गुरुङ, भण्डारी, मीन विश्वकमा, दवेन्द्रराज कँडेल, किरण पौडेल, नागिना यादव, महिन्द्रा लिम्बु, गुरु बराल, नैनसिंह महर सहितका नेताहरू छन् । अहिले कांग्रेसको केन्द्रीय समिति अनिर्णयको बन्दी बनिरहेको छ । महाधिवेशनलाई लिएर पार्टीभित्र एकमत नहुँदा संस्थापन र इतर पक्षका नेताहरु छुट्टाछुट्टै छलफलमा उत्रिएका हुन ।

विशेष महाधिवेशन हुनुपर्ने र नियमित महाधिवेशनको मितिमा कुरा नमिल्ने यस्तो सङ्कटबाट पार्टीलाई कसरी निकास दिने भनेर छलफल गरिरहेको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । बानेश्वर भेलाले १५ औं महाधिवेशनको मिति प्रस्ताव गर्ने तयारी छ ।

त्यस्तै आगामी फागुन २१ गतेका लागि सरकारले घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन पार्टीले तत्काल संस्थागत निर्णय गर्नका लागि दबाब दिने तयारी पनि भेलाबाट गरिएको नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्