Logo
Logo

कांग्रेस संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला जारी


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षका नेताहरूको छुट्टै भेला सुरु भएको छ । केन्द्रीय कार्यसम्पादन समितिमा नरहेका संस्थापन पक्षका केन्द्रीय सदस्यहरूले छुट्टै भेला गरेका हुन् ।

भेला नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्यांक्वेटमा केहि बेरअघि सुरु भएको केन्द्रीय सदस्य गुरू बरालले जानकारी दिए । उनका अनुसार भेलाबाट १५औं महाधिवेशनको मिति प्रस्ताव गरिने छ । त्यस्तै २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि पनि आह्वान गर्ने भेलाको तयारी छ ।

संस्थान पक्षीय केन्द्रीय सदस्यहरूले भेलाबाट पार्टी कार्यालयमा बुझाइएका हस्ताक्षरहरूको ‘भेरिफिकेसन’ गरेर विशेष महाधिवेशनको विषय टुंगो लगाउन पनि माग गर्ने तयारी गरेका छन् ।

कांग्रेसभित्र तत्काल महाधिवेशनको मिति तोक्ने या नतोक्ने भन्नेमा विवाद चर्किँदो छ । महामन्त्री गगनकुमार थापासहित संस्थापन इतर समूहका नेताहरू मंसिर या पुसमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् ।

उता कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित संस्थापन समूह भने फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि पार्टीको महाधिवेशन गर्नुपर्ने पक्षमा छन्। यही विवादका कारण केन्द्रीय कार्यसमिति बैठक समेत स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्