
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवास अवलोकन गरेका छन् ।
गृहमन्त्रीले आज बिहान बोहोराटारस्थित राष्ट्रपति पौडेलको निवासमा पुगेर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोड तथा आगजनीको क्षतिबारे जानकारी लिएका हुन् ।
निरीक्षणको क्रममा उनले विषम परिस्थितिमा राष्ट्रपति पौडेलले खेलेको भूमिकाको प्रशंसा गरे । राष्ट्रका लागि पौडेलको भूमिकाको चर्चा गर्दै उनले उनका निजी सम्पत्तिबारे राज्यले चासो राख्नुपर्ने बताए ।









