Logo
Logo

सम्झौता कार्यान्वयनमा आलटाल गरेको भन्दै सहकारी पीडित आन्दोलनमा उत्रिए


189
Shares

काठमाडौं । सम्झौता कार्यान्वयनमा आलटाल गरेको भन्दै सहकारी पीडितहरू आन्दोलनमा उत्रिएका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अगुवाइमा पीडितहरूले हिजोको छलफलमा भएको सम्झौता पालना नभएको जनाउँदै आज बुद्धनगरस्थित समस्याग्रस्त सहकारीको कार्यालय घेराउ गरेका हुन् ।

हिजो भएको वार्तामा कृषि सहकारीमा भएको गल्तीको जिम्मेवार कर्मचारीलाई कारबाही सिफारिससहितको पत्र तयार पार्ने र अन्य सहकारीमा देखिएको अनियमितताको यथोचित छानबिन तथा समाधान गर्ने लिखित प्रतिबद्धता जनाइएको थियो । तर, सम्झौता भएको २४ घण्टा बितिसक्दा पनि कुनै प्रगति नदेखेपछि पीडितहरू सडकमा उत्रिएका छन् । 

पीडितहरूले तत्काल सम्झौता कार्यान्वयन गर्नुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने र आफ्नो बचत फिर्ता गर्नुपर्ने मागसहित नारा लगाउँदै कार्यालय परिसरमा धर्ना दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्