काठमाडौं । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । केहीबेरअघिबाट बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठक नियमित हो। बैठकमा पछिल्ला विकसित घटनाक्रमसहित विभिन्न विषयमा छलफल र निर्णय गर्नसक्ने जनाइएको छ। साथै, बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाउने ४५ जनालाई सहिद घोषणा गर्ने तयारी गरेको छ।
यसअघि नै सरकारले सहिद घोषणा गर्ने नीतिगत निर्णय गरे पनि औपचारिक रूपमा निर्णय गरेर राजपत्रमा प्रकाशित गर्न लागिएको हो ।
बैठक अघि प्रधानमन्त्री सुशीला कार्कीले नेपाल सरकारका मुख्यसचिव, सचिवहरू, सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गरेकी थिइन् ।











