Logo
Logo

भुसाल पक्षले पार्टी पुनर्गठन गर्न मङ्सिरमा राष्ट्रिय भेला गर्ने


1.3k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल समूहले कम्युनिस्ट पार्टी पुनर्गठन गर्न मङ्सिरमा राष्ट्रिय भेला गर्ने भएको छ । अध्यक्ष नेपालसहित पार्टीको बहुमत पक्षले आजै माओवादी लगायतका पार्टीहरूसँग एकता गर्न लागेको अवस्थामा महासचिव भुसालले अलग्गै पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।

The current image has no alternative text. The file name is: ghanshayam.jpg

भुसालसहित वरिष्ठ नेता घनेन्द्र बस्नेत, नेता जीवनराम श्रेष्ठ लगायतका नेताहरू एकतामा नगई नेकपा एकीकृत समाजवादी पुनर्गठनको प्रयासमा छन् । उनले हरेक पार्टी फुट्ने भन्दै सबै पार्टी तीव्र अन्तर्विरोध र विघटनको दिशामा रहेको बताए ।

‘यस्तो बेलामा हाम्रो पार्टीका अध्यक्ष माधवकुमार नेपालले नजर अन्दाज गरेर एकतामा जानु भएको छ, त्यो एकता त्रुटिपूर्ण छ’, पत्रकार सम्मेलनमा भुसालले भने- ‘मान्छे धेरै नभएर होइन दुःख भएको होइन, कांग्रेस एमालेका कति मानिस थिए अस्ति के भयो ?’

भुसालले तथाकथित एकताको भ्रममा नपर्न, नेकपा एकीकृत समाजवादीको आ-आफ्नै हैसियतमा धैर्यताका साथ रहन, र क्रान्तिकारी विकल्प निर्माणबारे छलफल गर्न नेकपा एकीकृत समाजवादीका सम्पूर्ण पार्टी कमिटी, जनसङ्गठन, विभाग र आयोगका सदस्यहरूलाई हामी आह्वान समेत गरेका छन् । साथै, उनले आगामी मङ्सिर पहिलो हप्ता आयोजना गरिने राष्ट्रिय भेलाको तयारीमा लाग्न सबैलाई अनुरोध गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्