काठमाडौं । विशेष अदालतले पनि प्रहरीमा जाहेरी दिएको छ । अदालतले आज बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएको हो ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनीबाट क्षति भएको भन्दै अदालतले जाहेरी दिएको परिसरका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईले बताए ।
तोडफोडमा संलग्नलाई खोजी गरी कारबाही गर्न र क्षति बराबरको बिगो भराउन माग गरिएको छ ।
यसअघि सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौंका साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले पनि प्रहरीमा जाहेरी दिएका थिए ।
जाहेरी आएसँगै तोडफोड र आगजनी गर्नेहरूको पहिचान र खोजी प्रहरीले सुरु गरेको छ ।









