Logo
Logo
जाँचबुझ आयोग

फिल्ड कमाण्डरदेखि आईजीसम्मको बयाने लिने तयारी


1.5k
Shares

काठमाडौं । जेनजी आन्दोलनमा भएको दमनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले आजबाट प्रहरी अधिकारीको बयान लिने तयारी गरेको छ । आयोगले आजदेखि फिल्डमा खटिएका प्रहरी कर्मचारीसँग जेनजी आन्दोलनका घटनाबारे बयान लिने तयारी गरेको हो ।

बुधबार मात्रै आयोगले आईजीपी चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ । आयोगले तीन सातादेखि भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण मगाएको थियो । जवाफमा प्रहरी मुख्यालयले त्यो दिन आईजीदेखि प्रहरी जवान फिल्डमै रहेको जवाफ दिएपछि असन्तुष्ट बनेको आयोगले आइजीपीसँगै स्पष्टीकरण सोधेको हो । उपत्यका प्रहरी कार्यालयले भने आन्दोलनमा खटिएका कमाण्डरदेखि युनिट इन्चार्जसम्मको नाम आयोगलाई पठाएको छ ।

आयोगका प्रवक्ता तथा पूर्वप्रहरी एआईजी विज्ञानराज शर्माका अनुसार प्रहरीले बुधवार पठाएको आन्दोलनमा खटिएका कर्मचारीको विवरण अनुसार सम्बद्ध प्रहरी कर्मचारीको बयान लिइने छ ।

आयोगका अनुसार तत्कालीन उपत्यकाका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्की, डीआईजी ओमबहादुर राना, जिल्ला प्रहरी परिसर काठमाडौंका तत्कालीन प्रमुख एवं एसएसपी विश्व अधिकारी, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं एसएसपी रमेश बस्नेत, बानेश्वर वृत्तका प्रमुख एवं डीएसपी हरि खतिवडा, सिंहदरबार वृत्तलगायत अन्य वृत्तका प्रमुख र फिल्ड कमाण्डरसँग बयान लिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्