
काठमाडौं । नेकपा एमाले निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध प्रहरीमा उजुरी दिने भएको छ ।
मेयर बालेनले लेखेको एउटा स्टाटसलाई लिएर युवा संघले आज दिउँसो २ बजे प्रहरीको साइबर ब्यूरोमा जाहेरी दिन लागेको हो ।
उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै विद्युतीय अपराध अन्तर्गत साइबर ब्युरोमा जाहेरी दिन लागिएको हो ।
बालेनले दुई दिनअघि मध्यरातमा अश्लील शब्द प्रयोग गर्दै गालीगलौजयुक्त स्टाटस लेखेका थिए । उनले केहीबेरमा स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको थियो ।










