Logo
Logo

केपी ओली भेट्न गुन्डु पुगे रामकुमारी झांक्रीसहितका नेताहरू


1.9k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका नेताहरू रामकुमारी झांक्री, किसान श्रेष्ठ लगायतका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनीहरूले आज अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् । एमालेले यही कात्तिक २४ गते दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा ‘घर फर्कने अभियान’ कार्यक्रम आयोजना गरेको छ । 

The current image has no alternative text. The file name is: gundu.jpg

आफूहरू निशर्त एमालेमा फर्कनका लागि तयार भएको नेता श्रेष्ठले यसअघि नै बताइसकेका छन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालहरू माओवादी केन्द्रसहितका घटकहरूसँग एकता गरेका छन् । यद्यपि झांक्रीसहितका नेताहरू भने एकता प्रक्रियामा सामेल भएनन् ।

झांक्री र श्रेष्ठसहितका नेताहरूले पत्रकार सम्मेलन आयोजना गरेर आफूहरू एमालेमा फर्कन सक्ने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्