Logo
Logo

हैसियत नभएकाहरूले प्रतिनिधि सभा विघटनको सिफारिस गरे: ओली  


1k
Shares

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

The current image has no alternative text. The file name is: ooooo.gif

बिहीबार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै उनले सो चेतावनी दिएका हुन् ।  ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको जिकिर गरे । 

उनले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसअनुसार प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको बताए । संविधान विपरीत प्रतिनिधि सभा विघटन गरेकाले आफूहरूले त्यसको पुनःस्थापनाको माग गरेर अघि बढ्नुपरेको अध्यक्ष ओलीको तर्क छ ।

उनले भने, ‘यो असंवैधानिक सरकारले प्रतिनिधि सभा किन भङ्ग गरेको हो रु भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो । यो असंवैधानिक ढङ्गले भङ्ग गरेको छ । सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेको छ । र संविधानको धारा कुनै केही नभएको ठाउँमा राष्ट्रपतिज्यूले भङ्ग गर्नु भएको छ । गर्नु हुँदैनथ्यो थियो । त्यसकारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनस्थापनाको माग गर्दछौ । त्यसका लागि आन्दोलन गर्दछौँ । र अगाडि बढ्छौँ ।’ 

अध्यक्ष ओलीले मुलुकमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन पनि आफ्नो पार्टी युथ भोलेन्टियर्स फोर्स गठन गर्ने निर्णय गरेको समेत बताए । 

प्रतिक्रिया दिनुहोस्