Logo
Logo

त्रिवेणी सिन्थेटिकले पहिलो किस्ता बुझाएपछि जोडियो बिजुली


315
Shares

काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज प्रालिले विद्युत बक्यौताको पहिलो किस्ता तिरेको छ । विगतमा लोडसेडिङका बेला डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको बाँकी प्रिमियम महसुल तिरेको हो ।

पहिलो किस्ता तिरेपछि यही कात्तिक ४ गते काटिएको त्रिवेणी सिन्थेटिकको विद्युत् बिहीबार साँझ जडान गरिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

त्रिवेणी सिन्थेटिकले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोगबापत तिर्नुपर्ने प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हो ।

त्रिवेणी सिन्थेटिकको ४ करोड ३९ लाख ८३ हजार रुपैयाँ बक्यौता थियो । बक्यौतालाई २८ किस्तामा विभाजन गरी त्रिवेणी सिन्थेटिकलले पहिलो किस्तास्वरूप १५ लाख ७१ हजार रुपैयाँ तिरेको हो ।

प्रतिक्रिया दिनुहोस्