Logo
Logo

संघीय संसद् र प्रदेशसभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दै


1.2k
Shares

काठमाडौं । आज संघीय संसद् र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठककक्षमा बस्ने भएको हो ।

बैठकमा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेशहरूका सभाममुख र उपसभामुख सहभागी हुनेछन् ।

सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार बैठकमा फागुन २१ लाई तोसिकएको प्रतिनिधिसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने छ ।

प्रतिक्रिया दिनुहोस्