Logo
Logo

शेखरले गरे आफूनिकट जिल्ला सभापतिहरुसँग छलफल


378
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गरेका छन् ।

नेता कोइरालाले आज बिहान विशाल नगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपत्यकामा उपलब्ध आफूनिकट जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन् ।

केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलका अनुसार शेखरले पार्टीमा देखिएको पछिल्लो विवादबारे जिल्ला सभापतिहरूसँग छलफल गरेका हुन् ।

छलफलमा जिल्ला सभापतिहरूसँगै जिल्लाका पूर्वसभापतिहरू, प्रदेश कार्यसमितिका पदाधिकारी, केही केन्द्रीय सदस्यहरू पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्