Logo
Logo

सांसदको सुविधा घटाउने निर्णय पुनर्बिचार गर्न राष्ट्रियसभा अध्यक्षको आग्रह


1k
Shares

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदका पदाधिकारी तथा सदस्यले पाउने सुविधा घटाउने निर्णय पुनर्बिचार गर्न सरकारसंग आग्रह गरेका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले सांसदका स्वकीय र कतिपय पदाधिकारीको सचिवालयमा कर्मचारी घटाउने लगायतका निर्णयलाई पुनर्बिचार गर्न आग्रह गरेका हुन् ।

सरकारले मितव्ययीताका लागि चालेको कदमलाई समेत ध्यान दिदै अतिआवश्यक सुविधामा पुनर्बिचार गर्नुपर्ने उनले बताए ।

अध्यक्ष दाहालले सरकारको कामकारवाहीमा सहजीकरण गर्न राष्ट्रियसभाले महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले छिटो बैठक बोलाउन र आवश्यक पूर्वाधारको व्यवस्था गर्न सरकारलाई निर्देशन समेत दिए ।

उनले राष्ट्रियसभा अन्तर्गतको समितिहरुले मन्त्रीलाई बोलाउदा उपस्थित हुने वातावरण बनाउन समेत निर्देशन दिए ।

उनले राष्ट्रियसभाको दुई बर्षे कार्यकालसम्बन्धी पुस्तक प्रकाशनका लागि उपसमितिलाई जिम्मेवारी दिइएको र समयमा नै प्रकाशन हुने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्