Logo
Logo

चुनावी गठबन्धनलाई खुल्ला बनाउँदै जाने रास्वपा कार्यवाहक सभापति अर्यालको प्रस्ताव  


378
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी चुनावका लागि अन्य राजनीतिक दल र सङ्गठनहरूसँग चुनावी गठबन्धन गर्न सकिने प्रस्ताव अघि सारेको छ । चितवनको सौराहामा आयोजित पार्टीको विस्तारित बैठकमा कार्यवाहक सभापति डिपी अर्यालले पेश गरेको राजनीतिक प्रतिवेदनमा गठबन्धन गर्न सक्ने प्रस्ताव ल्याएका हुन् ।

The current image has no alternative text. The file name is: raswopa.jpg

गठबन्धन रास्वपाको मौलिक पहिचान गुम्नेगरी चाहिँ बनाउने नहुने उनको प्रस्ताव छ । ‘नयाँ र आधारभूत सैद्धान्तिक सवालमा मिल्ने स्वतन्त्र व्यक्ति, समूह, राजनीतिक पार्टीहरूसँग निर्वाचनमा र निर्वाचनपछि सरकार गठनमा सहकार्य तथा गठबन्धन गर्न सकिनेछ भन्ने कुरा खुला राखिएको छ । तर, गठबन्धनका नाममा रास्वपाको पहिचानमा छायाँ पर्न दिइने छैन,’कार्यबाहक सभापति अर्यालको प्रतिवेदनमा छ ।

प्रतिस्पर्धी दलहरूको आलोचना मात्र नगरी, आफ्ना नीति, कार्यक्रम र दृष्टिकोणलाई सकारात्मक तरिकाले प्रस्तुत गर्नुपर्ने उनको प्रस्तावमा उल्लेख छ । रास्वपाले आगामी निर्वाचनका लागि ‘सुधारः सोचदेखि शासनसम्म’ लाई आफ्नो मुख्य चुनावी अवधारणा र एजेण्डाको रूपमा अघि सारेको छ । 

पार्टीले नागरिकको सोचाइदेखि शासन-सत्ताको संरचनासम्म आमूल परिवर्तनलाई आफ्नो राजनीतिको आधार बनाउँदै संविधान परिमार्जन, भ्रष्टाचारमा शून्य सहनशीलता र मौलिक हकको कार्यान्वयनलाई प्रमुख चुनावी मुद्दा बनाउने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्