
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले प्रदेश संरचना तत्काल खारेज गरिनुपर्ने बताएका छन् ।
२५ दिनमै मधेस प्रदेश सरकार ढलेपछि त्यसको उदाहरण दिँदै सामाजिक सञ्जालमार्फत नेता थापाले प्रदेश संरचना खारेज गर्नुपर्ने बताएका हुन् । साथै उनले प्रदेश संरचनालाई देशको अर्थतन्त्रले धान्न नसक्ने समेत उनको भनाई छ ।
‘२५ दिनमा मधेस प्रदेश सरकार ढल्यो, ३ वर्षमा चार मुख्यमन्त्री, अस्थिरता र भ्रष्टाचारको अखडा, देशको अर्थतन्त्रले धान्न नसक्ने, राष्ट्र विखण्डनको आधार बन्न सक्ने प्रदेश संरचना तत्काल खारेज गरिनु पर्छ,’ उनले भनेका छन् ।










