Logo
Logo

देशलाई निर्वाचनमार्फत निकास दिलाउन दृढ छौँ : गृहमन्त्री


189
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पाइलैपिच्छे सुशासनको बाटोमा हिँडेर देशलाई निर्वाचनमार्फत निकास दिलाउन वर्तमान सरकार दृढताका साथ अघि बढेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले मुलुकमा सुशासन कायम गर्दै प्राप्त जिम्मेवारीबमोजिम निर्वाचन सम्पन्न गरी देशलाई राजनीतिक निकास दिने अभिभारा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताएका हुन् ।

उनले भनेका छन, ‘आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु विकल्प हुँदैन । कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यका निम्ति धन्यवाद भन्नेछौँ ।’

गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय भएको उल्लेख गर्दै उनले भनेका छन्, ‘कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के ग¥यौँसमेत भन्न नमिल्ने अवस्था हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्