Logo
Logo

एमालेका सरोज यादव बने मधेशको नयाँ मुख्यमन्त्री


315
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता सरोज यादव मधेश प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् ।

आइतबार बेलुका मुख्यमन्त्री नियुक्त भएका यादवलाई मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहानै बर्दिबासस्थित एक होटलमा मुख्यमन्त्रीको शपथ ग्रहण गराएकी हुन् ।

संविधानको धारा १६८ (३) बमोजिम यादव प्रदेश सभाको ठूलो दलको हैसियतमा मधेश प्रदेशको नयाँ मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश सभाबाट विश्वासको मत नपाउने भएपछि केही दिनअघि मात्र जितेन्द्र सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्