
काठमाडौं । नेकपा एमालेले विघटित प्रतिनिधिसभाको संसदीय दलको बैठक बोलाएको छ । बैठक आगामी मंसिर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो ।
नेता महेश बर्तौलाले मुलुकमा विकसित अहिलेको असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक र संवैधानिक निकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाका सन्दर्भमा छलफल गर्न’ बैठक राखिएको जानकारी दिए ।
प्रतिनिधिसभा विघटन भइसकेको अवस्थामा पनि बर्तौलाले प्रमुख सचेतकको हैसियतमा बैठक बोलाएका हुन् । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तत्कालिन केपी ओली नेतृत्वको सरकार ढलेपछि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी सुशिला कार्कीले संसद विघट गरेकी थिइन् ।










