Logo
Logo

भरतपुर अस्पतालमा सुत्केरीको मृत्युपछि तनाव


441
Shares

चितवन । चितवनको भरतपुर अस्पतालमा सुत्केरी गराउन आएकी एक महिलाको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ ।

The current image has no alternative text. The file name is: BHARATAPUR-HOSPITAL.jpg

पर्सा स्थायी घर भई हाल कालिका नगरपालिका–२ चितवनमा बसोबास गर्दै आएकी ३० वर्षीया संगीता विकको शनिबार राति उपचारका क्रममा मृत्यु भएको हो।

मृत्युपछि परिवारका सदस्य र आफन्तहरूले चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै अस्पताल परिसरमा नाराबाजी गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन र दोषी चिकित्सकविरुद्ध कडा कारबाहीको माग गरेका छन् ।

आफन्तका अनुसार संगीतालाई कात्तिक २० गते सुत्केरी परीक्षणका लागि भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा गर्भस्थ शिशुको धड्कन नदेखिएपछि चिकित्सकको सल्लाहमा नर्मल डेलिभरीको प्रयास गरिएको थियो । तर, कात्तिक २२ गते राति उनको स्वास्थ्य अवस्था अचानक बिग्रँदै गएपछि राति ९ बजे आईसीयूमा सारिएको र करिब ११स्४० बजे मृत्यु भएको आफन्तको भनाइ छ ।

अस्पतालका प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा. रामप्रसाद सापकोटाले भने उपचारमा कुनै लापरबाही नभएको दाबी गर्दै संगीताको मृत्यु पल्मोनरी एम्बोलिजम फोक्सोमा रक्तनली अवरुद्ध हुने समस्याका कारण भएको बताए।

डा सापकोटाका अनुसार, पेटभित्रै शिशुको मृत्यु भइसकेपछि आमालाई अनावश्यक शल्यक्रियाको जोखिमबाट जोगाउन नर्मल डेलिभरीको प्रयास गरिएको थियो । व्यथा लाग्ने औषधि दिएलगत्तै संगीतालाई ‘कार्डियाक अरेस्ट’ आएपछि तत्काल सीपीआर दिई आईसीयूमा लैजाँदा पनि बचाउन नसकिएको उनले बताए ।

यस घटनापछि अस्पताल परिसरमा केही समय तनावपूर्ण अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य बनेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्