काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन कुनै क्रान्ति नभएर उपद्रो भएको बताएका छन् । सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानको राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताएका हुन् ।

उनले भने, ‘जेनजी आन्दोलनमा जसरी आगो लगाइयो, यो राजनीति होइन । यो समाज परिवर्तनका लागिको आन्दोलन होइन । यो कसैले सिकाएर गरिएको एकदमै योजनाबद्ध, गुगल माप हेरिकन, खल्ती खल्तीमा म्याप बोकेर, हात हातमा हतियार र विस्फोटक चिज बोकेर हिँडेका मान्छेको योजनाबद्ध क्रियाकलाप हो । यो कुनै क्रान्ति होइन । विश्वमा यस्तो क्रान्ति कहीँ हुँदैन । यो उपद्रव हो ।’
उनले क्रान्ति भन्ने कुरा सकारात्मक नतिजा दिनेगरी हुनुपर्ने बताउँदै २३ र २४ गतेको क्रान्तिले केही प्रगति नगरेको बताउँदै भने, ‘क्रान्ति भनेको त गरिराख्नुपर्छ । क्रान्ति भनेको राम्रो कुरा हो । सकारात्मक नतिजा दिन्छ समाजलाई । २३ र २४ गते हामीले त्यो प्रगति पायौँ ?’










