Logo
Logo

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त


567
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले पदमुक्त गर्न सिफारिस गरेपछि राष्ट्रपति पौडेलले सुवेदीलाई आज पदमुक्त गरेका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा १६५ को उपधार १ (ख) बमोजिम मधेश प्रमुख सुवेदीलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

स्वास्थ्य उपचारका लागि भन्दै जनकपुरबाट काठमाडौं हिँडेकी प्रदेश प्रमुख सुवेदीले बर्दिबासस्थित पानस होटलमा सोमबार बिहानै झिसमिसेमा एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराएपछि उनको आलोचना भएको थियो भने मुख्यमन्त्री कार्यालय र प्रदेश प्रमुख कार्यालयमा तोडफोड भएको थियो ।

त्यसपछि सोमबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले सुवेदीलाई पदबाट हटाउँदै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्