Logo
Logo

दिल्ली बम विस्फोटबाट प्रधानमन्त्री कार्की दुःखी


693
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भारतको राजधानी दिल्लीमा सोमबार साँझ भएको कार बम विस्फोटप्रति गहिरो दुःख प्रकट गरेकी छन् ।

उनले भारतका समकक्षी नरेन्द्र मोदीलाई मेन्सन गर्दै सामाजिक सञ्जालमार्फत दिल्ली बम विस्फोटको घटनाले आफु स्तब्ध भएको बताएकी हुन् । साथै उनले शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोमबार साँझ ६ः५२ बजे एउटा गुडिरहेको कारमा शक्तिशाली विस्फोट हुँदा ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् ।

उनले लेखेकी छन्, ‘हिजो (सोमबार) साँझ दिल्लीमा भएको दुःखद दिल्ली विस्फोटबाट म स्तब्ध र दुःखी छु। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्छु । यो दुःखद घडीमा भारतलाई नेपालको साथ छ ।’

प्रतिक्रिया दिनुहोस्