Logo
Logo

देउवासँग चुनाव लडेका सागर ढकाल कुलमानको पार्टीमा 


1.8k
Shares

काठमाडौं । शेरबहादुर देउवासँग डडेल्धुरामा २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर चर्चामा आएका सागर ढकाल कुलमान घिसिङको नेतृत्वमा गठन भएको उज्यालो नेपाल पार्टी मा जोडिएका छन् ।

कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीको अध्यक्षमा अनुप कुमार उपाध्याय रहेका छन् ।  उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ ।

The current image has no alternative text. The file name is: sagar-dhakal.jpg

जसमा घिसिङको पार्टीमा सुदूरपश्चिमका स्वतन्त्र सांसद डा. ताराप्रसाद जोशी जोडिएका छन् । त्यसैगरी नेपाली कांग्रेस र नेकपा एमालेसहितका पुराना दलहरूको कडा आलोचना र गाली गर्दै आएकी नायिका रीमा विश्वकर्मा पनि यस पार्टीमा जोडिएकी छन् । उता यसअघि जेनजीबाट मन्त्री प्रस्ताव गरिएकी हुम्लाको लिमी भ्यालीकी टासी ल्हाजोम पनि उज्यालो नेपाल पार्टीमा जोडिएकी छन् । उनलाई तिब्बतीसँग कनेक्सन रहेकोसहितका आरोप लगाएर विवादित बनाइएपछि मन्त्री हुन पाएकी थिइनन् ।

उज्यालो नेपाल पार्टीका पदाधिकारी र सदस्य

ई. अनुप कुमार उपाध्याय, अध्यक्ष, कैलाली

सदस्यहरू

डा. तारा प्रसाद जोशी, डडेलधुरा
प्रा. डा. महेन्द्र सुन्दर लावती, पाँचथर
डा. घनश्याम पाण्डे, रुपन्देही
डा. सागर ढकाल, स्याङजा
डा. अभिषेक राज सिंह, सर्लाही
ई. डा. शंकर ढकाल, काभ्रे
ई. तेजनारायण यादव, सिराहा
रिमा विश्वकर्मा, बर्दिया
टासी ल्हान्जोम, हुम्ला
डा. राजु थापा, काठमाडौं
डा. विशाल भण्डारी, दोलखा
श्री गुरुङ, संखुवासभा
ई. निलिमा बस्नेत, झापा
ई. दिपेन्द्र जमरकट्टेल, धादिङ
सीतादेवी पाण्डेय, रुपन्देही
ज्ञानेन्द्र कुमार तामाङ, काभ्रे
डकेन्द्र सिं थेगिम,
डा. आशुतोष विजय पन्त, काठमाडौं
डम्बर लावती, सुनसरी
हिराप्रसाद सोती (किरण विक), रुपन्देही
सोम प्रसाद चौधरी, बर्दिया
विजय कँडेल, नवलपरासी
ई. अरविन्द साह, बारा
धनबहादुर मिक्चन, सर्लाही
कुशल गुरुङ, कास्की
निर्देश सिलवाल, लमजुङ
लाक्पा फुटी शेर्पा, सोलुखुम्बु
सुभाष प्रधान, चितवन
जितराम लामा, काभ्रे
सरस्वती सुब्बा (सरु), ताप्लेजुङ
विद्या श्रेष्ठ महर्जन, काठमाडौं
रामेश्वर श्रेष्ठ, काठमाडौं
मनोज लुहार, कैलाली
तुलसा वाइबा, सिन्धुली

प्रतिक्रिया दिनुहोस्