काठमाडौं । लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ ।

आयोगले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आवेदन खुलाएको हो । ती पदहरूका लागि मंसिर १६ गतेसम्म आवेदन दिन सकिनेछ ।
दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिन्छ ।
आवेदन दस्तुर प्रत्येक विज्ञापनका लागि १ हजार २०० सय र एकै पदका लागि समावेशीतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येकका लागि थप ४ सय रूपैयाँ लाग्नेछ ।













