
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अनुशासन समितिको बैठक बोलाएको छ । रोशन कार्कीको नेतृत्वमा रहेको अनुशासन समितिको बैठक आज अपराह्न ४ बजे बस्नेगरि बोलाइएको हो ।
मधेश प्रदेश सरकारको मन्त्री बनेकी कञ्चन बिच्छाबारे निर्णय गर्न अनुशासन समितिको बैठक बोलाइएको राप्रपाले जनाएको छ । उनलाई राप्रपाले यसअघि २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ ।
नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले राप्रपा सांसद बिच्छालाई मन्त्रिमण्डलमा सहभागी गराएका थिए । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएका थिए । फिर्ता नभए अन्यथा विधान बमोजिम कारबाही हुने चेतावनी समेत दिएका थिए । तर, बिच्छा भने हालसम्म सरकारबाट फिर्ता भएकी छैनन् ।










