
काठमाडौं । जनता समाजवादी पार्टी नेपालले पाँच जना केन्द्रीय सदस्य मनोनीत गरेको छ । जसमा सिराहाका सत्यनारायण यादव, बाँकेका पदम अर्याल, बाँकेकै रेखा गुप्ता, रूपन्देहीकी विद्या यादव र धनुषाका विमल साह केन्द्रीय सदस्य मनोनीत भएका हुन् ।
विभिन्न पार्टी परित्याग गरी जसपा नेपाल प्रवेश गरेका उनीहरूलाई जिम्मेवारी दिइएको हो । जसपाले सल्लाहकार समितिका अध्यक्ष पनि मनोनीत गरेको छ । सल्लाहकार समिति अध्यक्षमा प्राडा रामस्वारथ यादव मनोनीन भएका छन् ।
खड्गनारायण चौधरी, विष्णु कुमाल, अजयकुमार श्रीवास्तव, शशी यादव, जीतेन्द्रप्रकाश महतो र मनोज साह पनि केन्द्रीय सल्लाहकार परिषद् सदस्य मनोनीत भएका छन् ।










