Logo
Logo

उच्च अदालत तुलसीपुरमा तोडफोड र आगजनी गर्ने ५ जना पक्राउ


315
Shares

काठमाडौं । दाङ प्रहरीले जेन्जी आन्दोलनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तुलसीपुर–७ राजापुरका २६ वर्षीय रुपेश नेपाली, सल्यानको बागचौर नगरपालिका २ घर भइ हाल तुलसीपुर–९ बेलुवा बस्ने १८ वर्षीय सुनिल वली, तुलसीपुर ५ का २० वर्षीय करण सुनार, १८ वर्षीय मुकेश भण्डारी र तुलसीपुर ६ का १८ वर्षीय ज्ञानेन्द्र गन्धर्व छन् ।

भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा उच्च अदालत तुलसीपुर र अस्थायी प्रहरी पोष्ट बसपार्कमा तोडफोड, आगजनी र लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुले कार्यालयका झ्यालढोका फुटाउने, कागजात जलाउने, र कार्यालयका सामग्री लुटपाट गर्ने कार्य गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट तोडफोड र आगजनीमा प्रयोग भएका विभिन्न सामग्री र प्रमाण संकलन गरिरहेको दाङका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्