Logo
Logo

पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्रे


378
Shares

काठमाडौं । पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किलोमिटर कालोपपत्रे सम्पन्न भएको छ । पश्चिम खण्ड ३८ किलोमिटर लामो छ । त्यसमध्ये ३७ किलोमिटर एकतर्फी कालोपपत्रे भइसकेको जनाइएको छ ।

इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म उक्त सडकको भौतिक प्रगति ५९.८९ प्रतिशत र वित्तीय प्रगति ४७.८० प्रतिशत प्रगति भएको छ। त्यस्तै, २९.६१ किलोमिटरमा दुईतर्फी (चार लेन) र ७.७९ किलोमिटर सडकमा एकतर्फी (दुई लेन) कालोपपत्रे भइसकेको उनले बताइन् ।

चालु आर्थिक वर्षमा १४ किलोमिटर कालोपपत्रे कार्य भएको छ । सोही अवधिमा दुई वटा कल्भर्ट निर्माण भएका छन् । पश्चिम खण्डका १२ मध्ये ११ वटा पुल र १०५ वटा कल्भर्ट पनि निर्माण भइसकेको उनले जानकारी दिइन् ।

सहरी क्षेत्रमा ‘सर्भिस लेन’सहित ६ लेन र अन्यत्र चार लेनको सडक बन्नेछ। आयोजनाका अनुसार पोखराको सेती पुलदेखि तल्लो गगनगौंडासम्म ६ लेनको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्