Logo
Logo

न्हेछुङ भन्सारद्वारा तीन अर्ब ४९ करोड राजस्व सङ्कलन


252
Shares

मुस्ताङ । नेपाल–चीन सिमानास्थित न्हेछुङ भन्सार कार्यालयले रु तीन अर्ब ४९ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित भन्सार कार्यालयले गत भदौ ३१ देखि यही कात्तिक २५ गतेसम्म उक्त रकम सङ्कलन गरेको हो ।

भन्सार प्रमुख रमेश खड्काका अनुसार उक्त अवधिमा एक हजार ६९९ वटा विद्युतीय सवारीसाधन चीनबाट पैठारी भएका छन् । यसैगरी, ८२८ वटा मालवाहक सवारीसाधन आयातित सामग्री लिएर आएका छन् । नेपालबाट ४१ वटा मालवाहक सवारीसाधन हस्तकलाका सामग्री लिएर चीनतर्फ गएका छन् ।

प्रतिक्रिया दिनुहोस्