Logo
Logo

आज दलहरुसँग छलफल गर्दै निर्वाचन आयोग


378
Shares

काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दैछ । आयोगले आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनबारे दलहरुसँग छलफल गर्न लागेको हो ।

आज साढे ११ बजे दलहरूलाई छलफलका लागि बोलाएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आयोग र दलहरूबिच चुनावको तयारी लगायतका विषयमा छलफल हुने बताइएको छ । यसअघि अयोगले गत असोज ३० गते पनि दलहरूसँग छलफल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्