Logo
Logo

रवि र छविको मुद्दा न्यायाधीश आचार्य र अर्यालको इजलासमा


1.4k
Shares

काठमाडौं । सहकारी ठगी र संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका रास्वपाका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामाथि आज सुनुवाइ हुँदैछ ।

उनीहरुको मुद्दामा सुनुवाइका लागि उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा न्यायाधीशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

गत साता उच्च अदालतले लामिछानेको मूल मुद्दाको प्रतिलिपि झिकाउन आदेश दिएको थियो । प्रतिलिपि आएसँगै आज पेशी तोकिएको उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जनाएको छ ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले आफ्नो भागको बिगो रकम दाखिला गरेर रिहा गर्न माग गरेका थिए । उनले दिएको निवेदनमाथि जिल्ला अदालत, रुपन्देहीमा गत साउन २६ गते सुनुवाइ गर्दै न्यायाधीश नारायण सापकोटाले रिहा गर्न अस्वीकार गरेका थिए ।

जिल्ला अदालतको यस आदेश विरुद्ध उनी गत भदौ ९ मा उच्च अदालत पुगेका थिए । गत साता त्यसमाथि सुनुवाइ गर्दै उच्च अदालतले मुद्दाको प्रतिलिपि झिकाएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा लामिछाने सहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरेर मुद्दा दर्ता गरिएको छ । लामिछानेले आफ्नो भागको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत सहित अदालतमा निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्