Logo
Logo

दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ: गृहमन्त्री अर्याल


504
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आफूले दल नखोल्ने र चुनाव पनि नलड्ने स्पष्ट पारेका छन् । बिहीबार राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

समितिको बैठकमा उनलाई राष्ट्रिय सभा सदस्य किरणबाबु श्रेष्ठले गृहमन्त्री अर्याललाई यसबारे प्रश्न गरेका थिए । ‘दल खोल्ने हो कि, चुनाव लड्ने हो कि, के हो ?’, श्रेष्ठको प्रश्न थियो । जवाफमा गृहमन्त्री अर्यालले आफूले दल पनि नखोल्ने र चुनाव पनि नलड्ने जवाफ दिए । दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ,’ गृहमन्त्री अर्यालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्