Logo
Logo

सहकारी ठगीसम्बन्धी मुद्दामा रवि र छविको बहस सुरु


693
Shares

काठमाडौं । सहकारी ठगीसम्बन्धी अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक  छविलाल जोशीको मुद्दामा बहस सुरु भएको छ । उनीहरुबीच उच्च अदालत बुटवलमा  न्यायधिशद्वय वासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा बहस सुरु भएको हो । 

The current image has no alternative text. The file name is: rabi-chabi.jpg

रविको तर्फबाट महेन्द्र पाण्डेय, नारायण  कँडेल लगायतका कानुन व्यवसायी सहभागी छन् । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि तोकिएको पेसी एक नम्बर इजलासको क्रम सङ्ख्या १ मा रहेको छ ।

यसअघि कात्तिक २० गते यसै अदालतबाट प्रमाण मिसिल झिकाउने आदेश भएको थियो । लामिछाने र जोशीको मुद्दाको सुनुवाइका क्रममा गत बिहीबार अदालतले मूल मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्