Logo
Logo

प्रगतिशील राष्ट्रिय अभियान समितिमा को-को छन् ?


819
Shares

काठमाडौं । पूर्वमाओवादीका केन्द्रीय सदस्य, विद्यार्थी नेतादेखि पूर्वजनमुक्ति सेना, वाईसीएल, पत्रकार लगायतलाई समेटेर ३१ सदस्यीय संयोजन समिति गठन गरिएको छ । 

The current image has no alternative text. The file name is: sudan.gif

बिहीबार पत्रकार सम्मेलन मार्फत संयोजन समितिमा सुदन किराती, मदन भट्टराई, मदन लिम्बू, सम्झना राई, पुजन सिंह, अरविद्र यादव, लक्ष्मी गुरुङ र प्रकाशचन्द्र पाण्डे रहेको जानकारी गराइएको हो । यसैगरी राजु ओलमगर, सन्तोष विष्ट, प्रेमबहादुर तामाङ, यज्ञबर्मा शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मतकुमार विक, सन्दिप पुन र यगेन्द्र ढकाल रहेका छन् । 

यस्तै नारायणी शर्मा, भीमबहादुर मल्ल, गोरखबहादुर केसी, जटिल कार्की, देवीराम देवकोटा, जन्मेदव जैसी, टेकेन्द्र भट्ट, दीपक साउद, पुष्प न्यौपाने, डा। अच्युत भट्ट, विमल सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेका छन् ।

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच कात्तिक १९ गते एकता हुने भएपछि त्यसको एकदिन अगाडिनै नेता जनार्दन शर्मा, राम कार्की लगायत नेताहरूले अभियान घोषणा गरेका थिए । 

बुधवार मात्र माओवादीका पूर्व केन्द्रीय सदस्यहरू लक्ष्मण पन्त, ओम शर्मा लगायत १० जनाले विज्ञप्ति जारी गरी प्रगतिशील राष्ट्रिय अभियानमा जोडिएको घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्