Logo
Logo

राष्ट्रपतिसमक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस


567
Shares

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका नवनियुक्त राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । 

The current image has no alternative text. The file name is: rastpati-3.jpg

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै विशेष समारोहबीच चार देशका राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

नेपालका लागि इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्वेकी राजदूत डाग्नी म्योस, श्रीलङ्काकी राजदूत रुवान्थी डेलपिटिया र म्यानमारका राजदूत थान्त सिनले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । उक्त समारोहमा सरकारका उच्च पदस्थ अधिकारहरूसमेत सहभागी थिए । 

प्रतिक्रिया दिनुहोस्