Logo
Logo

जेनजीका अभियन्ताहरूले पुराना राजनीतिक दलमा प्रवेश गरे अत्यन्त राम्रो हुन्छ: गृहमन्त्री अर्याल


2.1k
Shares

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा संलग्न युवाहरू राजनीतिमा आउन इच्छुक भए उनीहरूका लागि विभिन्न विकल्प खुला रहेको बताएका छन् । 

The current image has no alternative text. The file name is: omprakesh-aryal.gif

उनले जेनजीका अभियन्ताहरूले पुराना राजनीतिक दलहरूमा प्रवेश गरी नेतृत्व विकास गर्न चाहेमा त्यो अत्यन्त राम्रो कदम हुने धारणा राखे । बिहीबार राष्ट्रिय सभाअन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् ।

उनले भने, ‘जेनजीका साथीहरू पुराना दलमा पनि जान सक्नुहुन्छ । त्यसका लागि सरकारले वातावरण बनाइदिन्छ । नयाँ दल खोलेर आउनुहुन्छ भने पनि सरकारले सहयोग गर्छ ।’ गृहमन्त्री अर्यालले युवाहरूका लागि दुवै बाटो खुला रहेको र सरकारले कुनै पनि राजनीतिक शक्तिलाई पुरानो वा नयाँ भनेर विभेद नगर्ने स्पष्ट पारे।उनले पुराना दलभित्र गएर नेतृत्व लिनुलाई सकारात्मक रूपमा व्याख्या गर्दै भने, ‘उहाँहरू पुरानै पार्टीमा गएर नेतृत्व लिन सक्नुहुन्छ, त्यो पनि धेरै राम्रो कुरा हो। नयाँ पार्टी खोल्नुहुन्छ भने पनि त्यो एकदम स्वागतयोग्य कुरा हो ।’

कुनै पनि राजनीतिक शक्तिले राज्यसत्तामा पुग्न चुनावको वैधानिक माध्यम अपनाउनुपर्नेमा जोड दिँदै उनले सरकारले त्यस प्रक्रियालाई सहजीकरण गर्ने बताए । ‘फेरि पनि उहाँहरू राज्यसत्तामा पुग्ने भनेको चुनावको माध्यमबाटै हो, वैधानिक माध्यम त्यही हो। त्यसकारण त्यसलाई हामीले सहजीकरण गर्छौँ,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस्