Logo
Logo

नेकपाको केन्द्रीय समितिमा एकीकृत समाजवादीबाट ५५ नेता समेटिए (सूचीसहित)


8.9k
Shares

काठमाडौं । विभिन्न १० दलबीच एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिमा नेकपा एकीकृत समाजवादीबाट ५५ जना समेटिएका छन् ।

निर्वाचन आयोगमा पेश भएको नेकपाको केन्द्रीय समिति सूचीमा सहसंयोजक माधव नेपालसहित तत्कालीन नेकपा एसबाट ४० प्रतिशत अर्थात ५५ जना नेताहरु रहेको पाइएको हो ।

नेकपाको १३८ सदस्यीय केन्द्रीय समितिमा मेटिएका शीर्ष नेताहरू हेर्दा टप १० मा माओवादी केन्द्रबाट पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत ४ जनामात्रै अटाएका छन् भने नेकपा एसबाट सह–संयोजक नेपालसहित ६ जना परेका छन् ।

तेस्रो नम्बरमा झलनाथ खनाल, चौथोमा वामदेव गौतम, आठौं नम्बरमा जगन्नाथ खतिवडा, नवौँमा जयन्तीदेवी राई र दशौँमा डा. बेदुराम भुसाल समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्