Logo
Logo

दुबईबाट आएको नेपाल एयरलाइन्सको जहाज दिल्ली डाइभर्ट


2.5k
Shares

काठमाडौं । दुबईबाट आएको नेपाल एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुन नसकेपछि भारतको दिल्ली डाइभर्ट भएको छ ।

आज बिहान दुबईबाट आएको आरए २३० नम्बरको जहाज १० बजेर ५८ मिनेट जाँदा ल्याण्ड भइसक्नुपर्ने भएपनि विमानस्थलमा होल्डिङमा समस्या हुँदा दिल्ली डाइभर्ट गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शेर्पाका अनुसार उडान अवतरणका क्रममा विमानस्थलमा चाप हुँदा उक्त जहाज आकाशमै होल्ड हुन पुगेको थियो ।

त्यसक्रममा लामो समयसम्म होल्ड गर्नका लागि ‘होल्डिङ फ्यूल’ कम भएकाले दिल्ली डाइभर्ट गरिएको उनले जानकारी दिए । उनका अनुसार उक्त जहाज दिल्लीमा ल्याण्ड गरेर भरे पुनः काठमाडौं फर्किने छ ।

प्रतिक्रिया दिनुहोस्