Logo
Logo

दुर्गा प्रसाईँको समर्थनमा ‘नागरिक बचाउ दल’ दर्ता


567
Shares

काठमाडौं । दुर्गा प्रसाईँको समर्थनमा नागरिक बचाउ दल बनेको छ । दलले दर्ताको निवेदन निर्वाचन आयोगमा दिइसेको छ । पार्टीको नेतृत्वमा माधव खतिवडा रहेका छन् ।

The current image has no alternative text. The file name is: nagrik-bachau-aviyan.jpg

प्रसाईँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान चलाउँदै आएका छन् । यही महाअभियानसँग मिल्दो नाममा दल बनाएका हुन् ।

पार्टीमा रहेका केन्द्रीय सदस्यहरू आइतबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका छन् । दल दर्ताका लागि निवेदन दिने आज अन्तिम दिन हो । भोलिदेखि मङ्सिर १० गतेसम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय छ ।

निर्वाचन आयोगले भने दल दर्ताको निवेदन प्राप्त भएको खण्डमा कागजात पुगेरनपुगेको हेर्ने र कागजात पुगेपछि दर्ता गर्ने छ । मङ्सिर १० गतेसम्म निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय भएकाले त्यसदिनसम्मै निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएकाले चुनाव लड्न सक्नेछन् ।

प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका लागि तय भएको छ । दुर्गा प्रसाईँ सरकारसँग विभिन्न माग राखेर अभियानमा छन् । उनलाई सरकारले चुनाव लडेर आउन र माग पूरा गर्न समेत आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्