Logo
Logo

विज्ञापन प्रकाशित गर्दा अनियमितता गरेको आरोपमा डिभिजन प्रमुखसहित चार जनाविरुद्ध मुद्दा दायर


441
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कलैया डिभिजन बाराका तत्कालीन निमित्त डिभिजन प्रमुख किशोरी प्रसाद यादवसमेत ४ जना  र सान्दर्भिक मिडिया नेटवर्कविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

अख्तियारले डिभिजनको विज्ञापन प्रकाशित गर्दा मिलोमतोमा लुकाएर अनिमियता गरेको भन्दै डिभिजन प्रमुख किशोरी प्रसाद यादव र लेखापाल प्रदिप दास, सान्दर्भिक मिडिया नेटवर्क तथा उक्त कम्पनीको प्रबन्धक निसान्त सिग्देल र प्रभाव पब्लिकेशनका बजार प्रबन्धक सन्तोषराज खरेलविरुद्ध मुद्दा दायर गरेको जनाएको छ ।

अख्तियारले उनीहरुविरुद्ध ३ लाख १६ हजार ५७० बिगो तोकेर कानुन अनुसार सजायको माग गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्