Logo
Logo

चीनले मुसासहित अन्तरिक्षमा पठाएको यान सफलतापूर्वक पृथ्वी फिर्ता


504
Shares

एजेन्सी । चीनले मुसासहित अन्तरिक्षमा प्रक्षेपण गरेको यान सफलतापूर्वक पृथ्वीमा अवतरण गरेको छ । जीवन–विज्ञानसम्बन्धी अनुसन्धानका लागि अन्तरिक्ष स्टेशनमा पठाइएका चार मुसासहितका नमूनाहरू वैज्ञानिक टोलीसहित सुरक्षित रूपमा फिर्ता आएका हुन् ।

The current image has no alternative text. The file name is: mouse.jpg

ग्लोबल टाइम्सले चिनियाँ एकेडेमीका स्रोतहरू उद्धृत गर्दै जनाएअनुसार यानले ल्याएका नमूनाहरू औपचारिक रूपमा अनुसन्धान टोलीलाई हस्तान्तरण गरिएको छ । फिर्ता गरिएका सामग्रीमा जीवन विज्ञान र सामग्री विज्ञानसँग सम्बन्धित २६ वटा प्रयोगात्मक परियोजनाहरू समावेश छन् ।

वैज्ञानिकहरू अहिले पृथ्वी फर्काइएका मुसाहरूका व्यवहार, शारीरिक संकेतक र जैव–रासायनिक सूचकहरूको प्रारम्भिक परीक्षण गर्दै छन् ।

यी विश्लेषणहरूले अन्तरिक्ष वातावरणमा देखिने तनाव प्रतिक्रिया तथा जीवहरूको अनुकूलन क्षमताबारे महत्वपूर्ण वैज्ञानिक समझ प्रदान गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्