Logo
Logo

निर्वाचन गर्न सबैको सहमति चाहिन्छ : प्रचण्ड


315
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण बनाउन सबै राजनीतिक दलहरूको सहमति चाहिने बताएका छन् ।  सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले सबै राजनीतिक दलहरूको सहमति भए निर्वाचनको वातावरण बन्ने बताए ।

The current image has no alternative text. The file name is: prachand.gif

‘सबै सहमत भएर सबैले जिम्मेवारीपूर्वक र गम्भीरताको साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्छ’ उनले भने, ‘घोषित निर्वाचन समयमा नै हुनुपर्छ । समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ ।’ साथै उनले फागुन २१ गते नै निर्वाचन हुनुपर्नेमा बताए । 

पार्टीको पूर्वपदाधिकारीहरूको बैठक मंगलबा टुङ्ग्याउने उनले जानकारी दिए । ‘जिम्मेवारी बाँडफाँड र एकताको सन्देश समानान्तर रूपले लैजाने भन्ने भएको छ । धेरै राम्रा सुझावहरू आएका छन् । हामी भोलि टुङ्ग्याउँछौँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्