
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको वेबसाइटमा समस्या देखिएको छ । साइट donidcr.gov.np डोमिनमा समस्या देखिएको हो ।
विभागका डीजी नमराज घिमिरेले साइटमा केही समस्या देखिएको र अहिले समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको जानकारी दिए । अहिले वेबसाइट खोल्दा विभिन्न इरर कोड देखाइरहेको छ ।
वेबसाइटमा समस्या देखिएपनि सबै डाटा सुरक्षित रहेको उनले बताए । मेन्टेनेन्सको क्रममा भएकाले घरिघरि नखुल्ने समस्या देखिएको र समाधानको प्रयासमा रहेको उनको भनाई छ । यो विभागबाट राष्ट्रिय परिचयपत्र र घटना दर्तासम्बन्धी काम हुन्छ ।














