Logo
Logo

कांग्रेस नेताहरुले भेटे प्रधानमन्त्री, के भयो कुराकानी ?


1k
Shares

काठमाडौैं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधर नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन् । कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै आएका नेताहरूले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री कार्कीसँग करिब २ घन्टा भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री कार्कीसँगको भेटमा नेताहरू देवराज चालिसे, गुरूराज घिमिरे, राजेन्द्र बजगाई, उज्ज्वल बराल, रेशम बानियाँ, टेकराज पौडेल, छेडुप लामा र सन्दीप निरौला सहभागी थिए ।

आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधिसभभा निर्वाचनको वातावरण बनाउने सन्दर्भमा प्रधानमन्त्री कार्कीले राजनीतिक दलका नेताहरूसँग पनि भेटवार्ता गर्ने गरेकी छन् । आजको भेट त्यसैको निरन्तरता भएको नेता गुरूराज घिमिरेले जानकारी दिए ।

‘२ज्ञ फागुनको प्रतिनिधिसभा चुनाव गराउन प्रधानमन्त्रीज्यू प्रतिबद्ध हुनुहुन्छ, कांग्रेससहित सबै राजनीतिक दल चुनावमा लाग्नुपर्छ, चुनावका लागि वातावरण बनाउनुपर्छ भन्ने कुरा गर्नुभयो,’ उनले भने, ‘हामीले पनि मुलुकको राजनीतिक परिस्थिति, चुनावको तयारी, सुरक्षा अवस्थालगायतको विषयमा कुरा गरेका छाैं ।’

प्रतिक्रिया दिनुहोस्